
काठमाडौं । जेनजी आन्दोलनका १४ जनाको मृत्यू भएको छ । यो संख्या सोमबार ३ः५५ वजेसम्म प्राप्त भएको हो ।
नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका एक जना प्रदर्शनकारीको त्यही मृत्यू भएको छ । सोही क्रममा घाइते भएर विभिन्न अस्पताल लगिएकामध्ये १२ को मृत्यु भएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ । घाइते प्रदर्शनकारीको संख्या यकिन छैन ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो ।
हालसम्म कोही पनि मृतकको सनाखत भएको छैन । प्रहरीले उनीहरुको मुचुल्का उठाइदै गरेको जानकारी दिएको छ ।
यस्तै, काठमाडौँ बाहिर पोखरा, विराटनगर, झापा, चितवन लगायतका शहरी क्षेत्रमा पनि झडप भइरहेको छ । सरकारले काठमाडौँ, पोखरा लगायतका प्रमुख शहरमा कर्फ्र्यू जारी गरेको छ । यद्यपि, आन्दोलन भने रोकिएको छैन ।