
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा २० जनाभन्दा बढीको ज्यान गएपछि अध्यक्ष बडालले सामाजिक संजाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
‘यो नरसंहार गर्न कसैलाई छुट छैन। स्वतःस्फूर्त उठेको पुस्ताको आवाज दबाउने हर्कतले प्रत्येक नेपालीको मन पोलिरहेको छ, हामी कार्यकर्ताहरूको पनि पोलिरहेको छ।
प्रधानमन्त्रीज्यू, आज तपाईं बसिरहेको पद तपाईंको व्यक्तिगत सम्पत्ति होइन। त्यो पदको विरासत हामीजस्ता कार्यकर्ताले आफ्नो पसिना, आँसु र संघर्षबाट दिलाएका हौ। अब त्यो पदको वास्तविक सम्मान गर्ने बाटो एउटै छ, नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा गर्नुहोस्। यही कदमले मात्र तपाईंको राजनीतिक यात्रालाई जनताले मनन गर्ने र इतिहासले न्याय गर्ने छ,’ अध्यक्ष बडालले लेखेका छन् ।