Odapalika - The Fourth Estate - चौथो अंग
ओली निवास बालकोट पुगे प्रदर्शनकारी, प्रहरीले गोली चलाउँदा २ जना घाइते

काठमाडौँ । देशभर जारी जेनजी आन्दोलनमा सहभागी भएका केही आन्दोलनकारी भक्तपुरको बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ अघि बढेका छन् ।

भक्तपुरको थिमी क्षेत्रमा जम्मा भएका प्रदर्शनकारीहरु पनि प्रधानमन्त्री निवास बालकोटतर्फ बढेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री निवास घेर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् । तर, यसको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update