Odapalika - The Fourth Estate - चौथो अंग
सेनाले १२ घण्टामा २७ जनालाई नियन्त्रणमा लियो, ३३ लाख ७० हजार बरामद

काठमाडौँ । नेपाली सेनाले विगत १२ घण्टामा २७ जनालाई नियन्त्रणमा लिएको छ भने ३३ लाख ७० हजार रुपैयाँ बरामद गरेको छ ।

नेपाली सेनाले प्रवाह गरेको सुरक्षा अपडेटमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्यंसात्मक, अराजक तथा उछृङ्खल गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । यस्तै, काठमाडौँ उपत्यकाको गौशाला, चावहिल, बौध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको सेनाको भनाइ छ ।

सेनाले हिजो राति १० बजेदेखि सुरक्षा जिम्मा लिएको थियो । यो तथ्यांक आज (भदौ २५ गते) विहान १० बजेसम्मको हो । सेनाका अनुसार ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सेनाको भनाइ छ । साथै, २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update