Odapalika - The Fourth Estate - चौथो अंग
मुख्यसचिवले बोलाए सचिव बैठक

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले सचिव बैठक बोलाएका छन् । मुख्यसचिव अर्यालले सबै सचिवलाई भर्चुअल बैठकमा सहभागी हुन निर्देश गरेका हुन् ।

विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्वद्द संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्यसचिव अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको हो ।

अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update