Odapalika - The Fourth Estate - चौथो अंग
आज यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । वाग्मती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानम भारी वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मधेस, कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानम भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ, जसका कारण वर्षा भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update