Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची

काठमाडौं । असोज १७ गतेदेखिको अविरल बर्षाको कारण घर गुमाएकाहरुलाई सरकारले तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो ।

सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने जानकारी दिइएको छ।

सरकारले बाढीपहिरोबाट कसैको घरभत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

यस्तो छ सरकारको निर्णय

rahat-1759826436.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update