Odapalika - The Fourth Estate - चौथो अंग
शम्भुनाथ नगरपालिकाका मेयरलाई ६ महिना कैद सजायको फैसला 

काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगरप्रमुख जितेन्द्र गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको छ । 

विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको इजलासले गुप्ता सहित नगरपालिकाका इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गर्दै ६ महिना कैद सजया सुनाएको छ । 

उनीहरुमाथि १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

दुवैजनाबाट कैदसँगै १ लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिमाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । 

साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको थियो । गत ३ माघमा अख्तियारको टोलीले घुस लिदा लिदै पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update