सरकारले राजनीतिक दल र जेनजीसँग बुधबार छलफल गर्ने
काठमाडौं - सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग बुधबार छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार दिउँसो ४ बजेपछि तीनपक्षबीच छलफल हुनेछ।
खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जे-नजी र दलहरूसँग वार्ता गर्ने लागेको बताएका छन्। छलफल निर्वाचनको वातावरण तयार पार्नमा केन्द्रित हुने बताइएको छ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधिसँग छलफल गरिसकेकी छन्। दलसँगको उक्त छलफलमा प्रधानमन्त्री कार्कीले जेनजीसहितको छलफल गर्ने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावमा दलहरूले समर्थन दिएका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ २१:३१
प्रतिक्रिया दिनुहोस्





