काठमाडौं - सरकार र राजनीतिक दलहरूसँग जारी छलफलमा जेनजी प्रतिनिधिहरूले चुनाव मात्र आफूहरूको आन्दोलनको एजेन्डा नभएको प्रस्ट पारेका छन् ।
छलफलमा बोल्दै जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै सुशासन र भ्रष्टाचार विरोधी कारबाहीमा सरकार अघि बढ्नुपर्ने धारणा राखेको जेनजी प्रतिनिधिहरूले उठाएको विषयको निष्कर्ष बारे जानकारी दिँदै प्रम सुशीला कार्कीको प्रेस सल्लाहकार राम रावलले भने ।
“चुनाव चाहिएको छ, गर्नुपर्छ । तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ‚” रावलले जानकारी दिए ।
पहिलो पटक भएको त्रिपक्षीय छलफलमा जेनजीको तर्फबाट रक्षा बम‚जेम्स कार्की‚दिवाकर दंगाल‚पुरुषोत्तम यादव‚मिरज ढुंगाना‚अमीत खनाल ऊर्जा‚ रिजन रानामगर ‚सामना घर्ती‚ मोनिका निरौला‚ उपार्जुन चाम्लिङ‚ खेम साउँदले धारणा राखेको रावलले जानकारी दिए।
यस्तै सहिद परिवारको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिधि अभिषेक श्रेष्ठसहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन्।





