Odapalika - The Fourth Estate - चौथो अंग
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की
तस्बिरः प्रम कार्यालय

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सरकार‚ राजनीतिक दल र जेनजी बिच बारम्बार संवाद हुनुपर्ने बताएकी छन् ।

अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रम कार्कीले आजबाट सुरुवात सरकारले गरेको बताइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार बैठकको सुरुवातमा बोल्दै प्रम कार्कीले भनेकी थिइन्-“सबै विचारको आदानप्रदान गरौँ ।हामीले सुरुवात गरेका छौँ आआफ्ना विचार राखौं।”

बैठकलाई सुरुवात गर्दै प्रम कार्कीले मुलुक सबैको भएको भन्दै थपेकी थिइन्-“मुलुक हाम्रो हो। हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन । एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ ।”

छलफलमा हाल जेनजी प्रतिनिधिहरूले सबैले आफ्नो धारणा राख्ने क्रम सकिएको पनि रावलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update