काठमाडौं - राहदानी विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले अर्को सूचना नभएसम्मका लागि सो अनुरोध गरेको हो ।
“हाललाई अर्को व्यवस्था नभएसम्मका लागि मिति २०८२ कात्तिक १७ गते साँझ ५ बजेबाट दैनिक (सार्वजनिक बिदाको अघिल्लो दिनबाहेक) १,००० को संख्यामा ‘अपोइन्टमेन्ट डेट’ खोल्ने व्यवस्था मिलाइएको छ । तसर्थ, अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ,” विभागले सूचनामा भनेको छ ।
विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गएको साउनमा खरिद सम्झौता गरिसकेको जनाएको छ । उक्त सम्झौताअनुसार, आगामी फागुन ११ गतेबाट राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य भइरहेको छ ।








