११ राजदूतलाई फिर्ता हुन परराष्ट्रले पठायो पत्र
काठमाडौं - सरकारले एघार मुलुकका राजदूतहरुलाई फिर्ता हुन पत्राचार गरेको छ। सोमबार साँझ एघार वटै मुलुकका राजदूतावासहरुमा पत्राचारमार्फत् उनीहरुलाई फिर्ता हुन भनिएको हो।
यसरी फिर्ता गरिएका राजदूतहरुमा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकाका नेपाली राजदूत छन्।
'महामहिमज्यूलाई अर्काो व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्नेगरी नेपाल बोलाउने मिति २०८२।७।१७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरीय भएको बेहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ,' पत्रमा भनिएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ २१:५४
प्रतिक्रिया दिनुहोस्





