Odapalika - The Fourth Estate - चौथो अंग
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागले बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update