Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा 

काठमाडौं - मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् ।

केही समय अघीमात्र मुख्यमन्त्री बनेका उनले आज राजीनामा बुझाएका हुन्। शनिबार मधेस प्रदेशसभामा राजीनामा घोषणा गरेलगत्तै उनले प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा पत्र बुझाएका हुन् ।  

सोनलले आजै प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रदेश सभाको शनिबार बैठक बोलाइएको थियो । खासगरी मुख्यमन्त्रीमा विश्वासको मत माग्नका लागि उक्त बैठक बोलाइएको थियो । तर‚ आफ्नो पक्षमा विश्वासको मत पुग्ने वातावरण नबने पश्चात् उनले पदबाट राजीनामा दिएका थिए । 

यता‚ मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update