काठमाडौं - तत्कालीन नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् ।
आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल दर्ताको निवेदन दिएका हुन् ।भुसाल माधव नेपाल‚ पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा गएका थिएनन् ।
भुसाल सहितको नेताहरूले पार्टीको नाम भने नेकपा (वामपन्थी केन्द्र) राखेका छन् । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ ।
अहिले आयोगमा यो निवेदनउपर कागजात रुजु गर्ने प्रक्रिया चलिरहेको छ । चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ । अन्य २३ जना सदस्यहरूको नाम पनि आयोगमा बुझाइएको छ ।







