Odapalika - The Fourth Estate - चौथो अंग
आज सहिदलखन गाउँपालिकामा सार्वजनिक बिदा

गोरखा- जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पालिकाको वडा नं २ र ३ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा पालिकाले सार्बजनिक बिदा गर्ने निर्णय गरेको हो।

सोमबार मनकामना मन्दिरमा विशेष पूजा एवं मेला लाग्ने हुँदा गाउँपालिकाभर बिदा दिएको पालिकाले जनाएको छ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा हरेक वर्ष गुठी पूजाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको र सोही निर्णय अनुसार सोमबार सार्वजनिक बिदा दिएको पालिकाको भनाइ छ।

सोमबार पालिकाअन्तरगतका सम्पूर्ण कार्यालय र पालिकाभित्रका विद्यालयहरुमा समेत स्थानीय बिदा दिएको बताइएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update