Odapalika - The Fourth Estate - चौथो अंग
आज कस्तो होला देशभरको मौसम ?

काठमाडौँ- आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। 

देशका बाँकी भागमा भने आज मौसम सफा रहने बताएको छ। त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहनेछ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update