Odapalika - The Fourth Estate - चौथो अंग
अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । 

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ । 

ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा ती कागजात उपलबध गराइदिन अनुरोध गरेको छ ।  पोर्चुगलले खेलको ६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई गुमाएको थियो। उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए। त्यसपछि पोर्चुगल थप दबाबमा परेको थियो।

यो जितसँगै आयरल्यान्डको विश्वकप सपना अझ बलियो बनेको छ। समूह ‘एफ’को शीर्ष स्थानको पोर्चुगलले बाँकी खेल रोनाल्डो बिना नै खेल्नेछ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update