काठमाडौँ । प्रधानमन्त्रीले सुशीला कार्कीले आज १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज दिउँसो ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई बोलाइएको छ ।
प्रधानमन्त्रीले दलका नेताहरूसँग छलफल नै नगरेको गुनासो आएको थियो । त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीले बुधबार छलफल डाकेकी हुन् ।
सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ । एमालेलगायत केही दलहरू भने संसद पुनर्स्थापनाको पक्षमा छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२ ०७:४२
प्रतिक्रिया दिनुहोस्







