Odapalika - The Fourth Estate - चौथो अंग
अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

काठमाडौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिह्नमा सहमति भएको छ । तीन पार्टीबीच आइतबार सहमति भएको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाँतो (चकिया) चिह्नमा चुनाव लड्ने गरी तीन दलबीच सहमति जुटेको हो । जारी विज्ञप्तिमा भनिएको छ, “विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गर्दछौँ ।”

583601353_851635257384689_1223440804782350484_n-1763907882.jpg

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update