Odapalika - The Fourth Estate - चौथो अंग
आज देशभरको मौसम सफा रहने 

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update