Odapalika - The Fourth Estate - चौथो अंग
आज देशभरको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी, आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update