Odapalika - The Fourth Estate - चौथो अंग
मार्तडीमा आगलागी, करोडौँको क्षति   

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । 

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । 

पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो । 

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए। क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update