काठमाडौं । देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ ०६:२६
प्रतिक्रिया दिनुहोस्







