काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
संसद सचिवालयका अनुसार बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:३०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                                        
                                        
                    
                    