काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । उनले चौथो पटक मन्त्रिपरिषद विस्तार गर्दै आज ४ जना मन्त्री थप गर्न लागेकी हुन् ।
स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री कार्कीले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाउन लागेकी छन् ।
थप हुन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जानकारी दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ १२:०२
प्रतिक्रिया दिनुहोस्






