काठमाडौं- नेकपा एमालेको ११ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।
निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन मंसिर २९ गते सोमबार बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ६ बजे हुने र मतदान पर्सि मंगलबार बिहान १० देखि ५ बजेसम्म गर्ने कार्यतालिका छ ।
मतदान सकिएलगत्तै गणना शुरू हुने प्रमुख सुब्बाले जानकारी दिए। महाधिवेशनले अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ९ उपाध्यक्षसहित ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
मंसिर २७ गते शुरू भएको महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र प्रारम्भ भएको छ ।








