Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसम : चारवटा प्रदेशमा आंशिक बदली

काठमाडौं । केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update