काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुले छात्रको लामो कपाल जथाभावी मुण्डन गर्ने गरिएको गुनासो प्राप्त भएकोले त्यसो नगर्न भनेको छ ।
जथाभावी कपाल मुण्डन गर्दा विद्यार्थीमा मनोवैज्ञानिक असर परेकोले त्यस्तो असर पर्ने कार्य नगर्न महानगरले भनेको हो ।
शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाइ लागू गर्ने र विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था रहेकोले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन भनिएको हो ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२ १३:००
प्रतिक्रिया दिनुहोस्







