काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटबलले आदेश दिएको छ ।
न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।


लामिछानेले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भएको अदालतका रजिस्ट्रार अमित उप्रेतीले जानकारी दिए ।
लामिछानेले राख्ने भनेको दुई करोड ६८ लाख र जिल्ला अदालतले कायम गरेको एक करोड बढीको रकम धरौटी राखेर छोड्न आदेश दिइएको उनले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १७:१३
प्रतिक्रिया दिनुहोस्







