Odapalika - The Fourth Estate - चौथो अंग
बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आइतबार थानकोटमा गरेको जाँचका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने  सवारीसाधनका चालकलाई काराबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ६० सवारीसाधन जाँच गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरिएको जानकारी दिए । 

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुन्छ । दुर्घटनाको जोखिमसमेत बढ्न जाने भएकाले सवारीसाधनको अवस्था जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले सम्पूर्ण चालकलाई अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update