Odapalika - The Fourth Estate - चौथो अंग
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए।

बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए। 'समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ,' सचिव डा भट्टराईले भने।

बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update