Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात हुन सक्ने

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ । कोसी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update