Odapalika - The Fourth Estate - चौथो अंग
देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । 

तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

यस्तै, राति तराई भू–भागका धेरै स्थानमा हुस्सु रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update