Odapalika - The Fourth Estate - चौथो अंग
सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु

मकवानपुर- मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।

आइतबार (आज) साँझ ५ः२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटनामा घाइते भएका मम्ये ६ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए।

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो।

मृतकहरुको पहिचान खुल्न बाँकी छ।

सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको डीएसपी बोगटीले बताए।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update