Odapalika - The Fourth Estate - चौथो अंग
सभापति देउवाद्वारा विशेष महाधिवेशनको निमन्त्रणा अस्वीकार 

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेका छन्।

विशेष महाधिवेशनमा सहभागिताका लागि पत्र बोकेर पुगेका रामपल्टन साह र मोती भण्डारीलाई देउवाका स्वकीय सचिवले नै फर्काइदिएका छन्।

हरसमयसँगको कुराकानीमा साहले सभापति देउवाले पत्र बुझ्न नमानेको जानकारी दिए । भित्र बैठकमा रहेका देउवालाई भेट गरेर पत्र बुझाउने तयारी भए पनि आधा घण्टासम्म बस्दा पनि ननिस्किएपछि स्वकीय सचिव भानु देउवालाई दिएको पत्र फर्काइदिएको साहले बताए ।

'यस्तो पत्र बोकेर पार्टी सभापतिकहाँ आउन तपाईंलाई लाज लाग्दैन ?,' भानु देउवाको भनाइ उद्धृत गर्दै साहले भने । 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update