Odapalika - The Fourth Estate - चौथो अंग
आज यस्तो छ देशभरको मौसम

काठमाडौँ : पश्चिमी वायुको आंशिक प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ।

दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update