म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा कोठा भवन निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा २० लाख र चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले एक लाख ४९ हजार रुपैयाँ सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी रहेका छन् ।







