Odapalika - The Fourth Estate - चौथो अंग
लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौं- मकवानपुरको हेटौँडा उपमहापालिकाको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई अवैध लागूऔषध खैरो हेरोइनको धुलो सात ग्राम २०० मिलीग्रामसहित आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा हेटौँडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौँडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । 

ती अभियुक्तलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि उनले बताए । 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update