Odapalika - The Fourth Estate - चौथो अंग
डकैती मुद्दामा ६ वर्ष कैद र २ लाख ८० हजार रुपैयाँ जरिबाना तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौँ ।  २१ वर्षदेखि फरार एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कबिलासी नगरपालिका ७ का ४४ वर्षीय विल्टु महतो छन्। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महतोविरुद्ध १ वैशाख २०६१ मा डकैती मुद्दा दायर भएदेखि उनी फरार थिए। 

रामअशिष महतोको जाहेरीको आधारमा जिल्ला अदालत सर्लाहीले उनलाई ६ वर्ष कैद र दुई लाख ७९ हजार ६ सय जरिवाना हुने फैसला गरेको थियो। 

खोजतलासको क्रममा माघ १० गते उनलाई सर्लाहीकै हरिवन नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

लामो समयदेखि लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र कानुनी प्रकृया पूरा गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update