Odapalika - The Fourth Estate - चौथो अंग
देशभर १ करोड ८९ लाख मतदाता, तपाईंको क्षेत्रमा कति छन् ? (सुचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको संख्या सार्वजनिक गरेको छ । आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।

कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका आयोगले जानकारी दिएको छ ।

देशभर निर्वाचन प्रयोजनका लागि १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलहरूमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।

हेर्नुहोस सुची

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update