Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धार्थनगरका पूर्वनगर उपप्रमुख रतन गुप्ताको निधन

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्वनगर उपप्रमुख रतनकुमार गुप्ताको निधन भएको छ । सिद्धार्थनगर नगरपालिका–३ निवासी गुप्ताको बुधबार बेलुकी ८ बजे ७६ वर्षको उमेरमा निधन भएको हो ।

रतनका छोरा अजयकुमारका अनुसार, तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा गुप्ताको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि दुई साताअघि अस्पताल पुर्‍याइएको थियो । उनको विगत चार वर्षअघिदेखि उपचार भइरहेको थियो ।

वि.सं. २०४९ सालमा गुप्ता उपप्रमुखमा निर्वाचित थिए । वि.संं. २०६४ र २०७० सालमा संविधान सभा सदस्यको उमेदवार समेत बनेका थिए । स्वर्गीय गुप्ता नेपाल ईट्टा व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार समेत हुन् । गुप्ताका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update