Odapalika - The Fourth Estate - चौथो अंग
केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमापात पनि हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने विभागको भनाइ छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्नेछ । 

बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update