काठमाडौं । नेपाली कांग्रेसले पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज गर्दै छ । कांग्रेसले चुनावी घोषणापत्र पनि जनकपुरबाटै सार्वजनिक गर्ने तयारी गरेको छ ।
सधैँ घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ भनेको छ । मधेस प्रदेशको राजधानीबाट सुरु गर्न लागेको आमसभालाई पनि कांग्रेसले प्रतिज्ञा–सभा भनेको छ ।
प्रतिज्ञा–सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
मधेस प्रदेशको सभामा प्रदेशका आठ जिल्लाका ३२ उमेदवार पनि उपस्थित हुने कांग्रेसले जनाएको छ । सबै उमेदवारहरूले त्यहीँबाट कांग्रेसको प्रतिज्ञा–पत्र लिएर निर्वाचन क्षेत्र फर्किनेछन् ।







