Odapalika - The Fourth Estate - चौथो अंग
उपभोक्ता अदालतको अध्यक्षमा डा. भट्ट नियुक्त

काठमाडौँ : मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्को सिफारिसबमोजिम डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ।

गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौँ जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो। 

डा भट्टले त्रिभुवन विश्वविद्यालयबाट नेपालमै सर्वप्रथम सञ्चालित कानुनमा स्नातकोत्तर (एलएलएम) सर्वोत्तम भई उत्तीर्ण गरेका छन्। उनी हङकङ विश्वद्यालय हङकङबाट अन्ताराष्ट्रिय कानुन र मानवअधिकार विषयमा कानुनमा स्नातकोत्तर हुन्। 

कानुन र न्याय क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधि (पिएचडी) डिग्री हासिल गरेका छन्। उनका न्याय र कानूनका क्षेत्रमा दर्जनौँ अनुसन्धानमूलक लेख रचना प्रकाशित हुनाका साथै उनको लेखन, अनुसन्धान र प्रशिक्षणमा विशेष दख्खल रहेको छ।

उनीसँग राष्ट्रिय तथा अन्ताराष्ट्रिय संस्थामा अनुसन्धान र प्रशिक्षण गरेको विशेष अनुभव छ। कानुनी क्षेत्रमा लेखक स्थापित र आफ्नो विषयमा विशेष दख्खल राख्छन्।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update