काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले फागुन १५ गते स्थानीय विदा दिएको छ । गाउँ कार्यपालिका बैठकले माघ १९ गते नै फागुन १५ गते विदा दिने निर्णय गरेको थियो ।
सो दिन ४४औं मगर एकता दिवस परेकोले सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।
स्थानीय विदाको दिन गाउँ कार्यपालिकाको कार्यालय र अन्तरगतका सम्पूर्ण वडा कार्यालयहरु, आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थाहरु र शिक्षण सस्थाहरु बन्द हुने गाउँपालिकाले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२ १३:२१
प्रतिक्रिया दिनुहोस्







