Odapalika - The Fourth Estate - चौथो अंग
चुनावको मुखमा २३ सहसचिवको सरुवा, ५ जनालाई स्थानीय सरकारको जिम्मा

काठमाडौँ । सरकारले प्रतिनिधिसभा निर्वाचनको मुखमा २३ जना सहसचिवको सरुवा गरेको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार सरुवा भएकामध्ये सहसचिव महेश पराजुलीलाई ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । सहसचिव पराजुली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयको अतिरिक्त समुहमा थिए ।

यस्तै, सहसचिव जनकराज भट्टलाई धनगढी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । उनी पनि मन्त्रालयको अतिरिक्त समुहमा नै थिए । अर्का सहसचिव रेशमलाल कडेललाई बीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । उनी पनि अतिरिक्त समुहमा नै थिए । 

सरकारले सहसचिव तीर्थराज राईलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएको छ भने सहसचिव मानबहादुर बमलाई नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएको छ ।

यी हुन सरुवा भएका सहसचिवहरु

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update