Odapalika - The Fourth Estate - चौथो अंग
मोरङ प्रशासनले भन्यो– यसपालि घरबाहिर निस्किएर होली नखेल्नू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले यसपालिको होली खेल्दा घर परिसरभित्र परिवारका सदस्यबीच मात्रै खेल्न भनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएकोले फागुन १९ मा पर्ने होली पर्व मनाउँदा निर्वाचन आचार संहिताको उल्लघन नहुने गरी मनाउन भनिएको जानकारी दिए । 

प्रशासनले सार्वजनिक सुचना नै प्रकाशन गरेर घर परिसरभित्र मात्रै होली खेल्न पनि भनेको छ ।

‘निर्वाचनको मौन अवधिमा होली पर्व परेकाले निर्वाचनको संवेदशीलतालाई मध्यनजर गरी आआफ्नो घर परिसर भित्र रही सभ्यतापूर्वक आफ्नो परिवारजनसँग मात्र सीमित भई यस वर्षको होली पर्व मनाउनु हुन, ठूलो आवाजमा गित संगित नबजाउनु हुन र कुनै पनि किसिमको सामुहिक भोज भतेर र सांस्कृतिक कार्यक्रम/प्रतियोगिताहरु तथा निर्वाचन आचारसंहिता विपरितका कुनै पनि प्रकृतिका कार्यहरु नगर्न/नगराउनु हुन यो सुचना प्रकाशित गरिएको छ,’ सुचनामा भनिएको छ ।

निर्वाचन आचारसंहिता विपरितका कुनै पनि कार्यहरु भए गरेको पाइए प्रचलित कानुन अनुसार तत्काल कारवाह िगरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update