काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको उक्त धरौटी (जमानत) जफत हुने कानुनी प्रावधान छ ।
'हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा त्यसरी १० हजार रुपैयाँ धरौटी तिरेर उम्मेदवार बनेका ५४१ ले १० मत पनि ल्याउन नसकेको देखिएको छ। विशेषगरी धेरै स्वतन्त्र उम्मेदवारहरूले १० मत पनि ल्याउन सकेका छैनन्। कतिपयले त आफैँलाई मत नहाल्नुका साथै परिवार र आफन्तको मतसमेत सुरक्षित गर्न सक्दा शून्य मतमा सीमित भएका छन्।
कोशी प्रदेशमा १५ उम्मेदवारले १० भन्दा कम मत पाएका छन् । जसमा झापा २ मा रमेशकुमार कार्की, झापा ५ मा मातृका भट्टराई र प्रकाश नेपाल, मोरङ ५ मा सूर्यनारायण ठाकुर र जयनारायण शर्मा छन्।
उनीहरू सबै स्वतन्त्र उम्मेदवार हुन् । सुनसरी १ मा ओमकृष्ण उदास, सुनसरी २ मा डम्बर बराइली, भीम दाहाल, रोसनी राई, सुनसरी ३ मा श्याम मुडियारी, सुमनी चौधरी, राजन गौतम, सुनसरी ४ मा फुली खान र बुधेश्वर यादव १० मत पनि नल्याउने स्वतन्त्र उम्मेदवार हुन् ।
सोलुखुम्बुमा मितेरी पार्टी नेपालका श्रीध्वज तामाङ पनि १० मत नकटाउने उम्मेदवारको सूचीमा छन् । मधेश प्रदेशमा स्वतन्त्र र विभिन्न दलका गरी सबैभन्दा धेरै २६३ जना उम्मेदवारले १० भन्दा कम मत पाएका छन् । सप्तरी १ मा लेखनाथ ठाकुर र रामी खङ, सप्तरी २ मा प्रेम यादव, सुशीला साह, साधना दास, सञ्जय चौधरी र अभिनाष सिंह, सप्तरी ३ मा प्रभुनारायण चौधरी, रजियादेवी सदा र ओमप्रकाश विश्वकर्मा, सप्तरी ४ मा प्रेमी महरा, दुर्गा यादव, सनमी चौधरी, सुनिल यादव र केश्वर साह १० मत पनि नल्याउने उम्मेदवार हुन् ।
सिराहा १ मा दिनेश पासमान, रामचन्दर यादव, आशिषलाल दास, जुगाई मण्डल, इन्द्रदेव महतो, नागेन्द्र यादव, नन्दसाफी धोवी, बालेश्वर दास र रामदेव ठाकुर, सिराहा २ मा उषा यादव, रामगणेश यादव, उदय मगर, राज चौधरी, रमेश यादव, रोविन यादव, शान्ति वी यादव र कपलेश्वरी देवी साह छन् ।
यसैगरी सिराहा ३ मा नवीन यादव, बब्लु यादव, अंकित यादव, दुष्यन्त कर्ण, आनन्द विश्वकर्मा, सूर्यदेव यादव, से. जहुर, राकेश यादव, रामपुकार कामती, दीपेन्द्र यादव, रमेशचन्द्र शर्मा, प्रदीप श्रेष्ठ, राजेश्वर यादव, सुमित श्रेष्ठ, जीवछ यादव, कञ्चन महतो, सतीशचन्द्र सिंह १० भन्दा कम मत पाउने उम्मेदवार हुन् ।
सिराहा ४ मा योगेन्द्र महरा, रामवृक्ष महरा, विन्देश्वर महतो, भागेश्वर दास, रञ्जित यादव र जीवछ मोची पनि १० मत पनि प्राप्त गरेनन् । धनुषा १ मा १० भन्दा कम मत पाउनेमा जितन राय अमात, औती विश्वकर्मा, बालकृष्ण यादव, रामप्रीत दास तत्मा, विजयकुमार यादव, सुदिश मण्डल, मनमोहन प्रसाद यादव, रमेश्वर साहु सुडी, परीक्षण यादव, किरण पासमान, पवन यादव, लालेश्वर यादव, सुमन विश्वकर्मा, ककुलती साह, सोचिन्दर यादव र सञ्जित साह छन् ।
धनुषा २ मा अजय मरिक, लालबाबु मण्डल, सन्तोष यादव, मुकेश यादव, रामसुभेष मण्डल खत्वे, भोला पासवान, सरोज महरा, सुजित दास र ज्ञान यादव, धनुषा ३ मा नबोनाथ ठाकुर, कृष्ण सुल्तानिया, अजय यादव, मुकेश यादव, विक्रम साह, भरत साह, राज भण्डारी, सुनिल साह, हरिनारायण यादव, केवल ठाकुर, राजु साह, रामसरोज साह, सुवदार यादव, मनोज साह, विनोद कर्ण, कृष्ण साह, मातृका दास, सीतादेवी साह १० भन्दा कम मत पाउने उम्मेदवार हुन् ।
धनुषा ४ मा जागेश्वर महतो कोइरी, नारायण बास्तोला, राज महतो, हरिशंकर यादव, मिथिलेश यादव, राजेश यादव, राकेश चौधरी, बाबी महतो, हरि पौडेल, रामहृदय यादव पनि दोहोरो अंकमा मत नपाउने सूचीमा छन्।
महोत्तरी–१ मा सचिन महतो र सविता देवी रहेका छन्। महोत्तरी–२ मा जीवेन्द्र यादव, महेश यादव, दिलिप यादव, प्रवीण यादव, महन्थ सदा, ललिता मुसहर, सत्यनारायण साह, अघनु पासमान र रेशमा देवी छन्। महोत्तरी–३ मा रामचन्द्र पासमान, अजय महतो, पवन यादव, विजय मण्डल, पंकज पाण्डेय, सुरेश साह र सञ्जय मिश्र छन् ।
महोत्तरी–४ मा मंगोल नेशनल अर्गनाइजेसनकी सुमित्रा, गंगा यादव, रिजबाना खातुन, सत्यनारायण महरा, राजेन्द्र मण्डल खतबे, सिंहेश्वर खत्बे, महिन्दर पासमान, शान्ति देवी, हरदेव महरा चमार, लोसपाका शिवशंकर शर्मा, मनोज यादव र हरिश्चन्द्र ठाकुर छन् । त्यसैगरी सर्लाहीका चार निर्वाचन क्षेत्रमा पनि १० मत पनि नल्याउनेको नाम सार्वजनिक भएको छ। सर्लाही–१ मा रामपरीक्षण यादव, माधो पासवान दुसाध, भरत चौधरी र राम कलास छन्। सर्लाही–२ मा मनोज यादव, रामनाथ साह र सत्यनारायण चौधरी कलवार छन् ।
सर्लाही–३ मा बैजु साह, रामप्रीत महरा, सन्दीप थापा, प्रमोद साह, लक्ष्मी अधिकारी, रामचन्द्र चमार, उमेश राय, डम्बर खड्का, प्रमोद भट्टराई, चन्दन राजवंशी र लोक दर्लामी छन्। सर्लाही–४ मा कमलेश मण्डल, सन्तोष निषाद, अमित रञ्जन सिंह, चुनचुन भण्डारी, मधुमाला यादव, शिव साह, अम्बुज साह, विक्रम यादव, लखेन्द्र महतो, सञ्जीव पासवान र अरविन्द ठाकुर छन्।
रौतहटका चार निर्वाचन क्षेत्रमा पनि १० भन्दा कम मत ल्याउनेहरू छन्। रौतहट–१ मा दिनेश राय, राजु मुखिया, मृणाल शाह, राम सेवक राय, विवेक चौधरी, राधेश्याम साह तेली, रामानन्द शर्मा, रामनरेश राय यादव, इन्दु देवी गुप्ता, शम्भु कुमार, दिनेश यादव, मुनिन्द्र ठाकुर र रवि अर्चनम् वर्मा छन्। रौतहट–२ मा शेख मुस्ताक, मो. फिरोज अख्तर, रामाकान्त पटेल, श्यामलाल साह तेली र रामजन्म यादव छन् ।
रौतहट–३ मा भरत राय यादव, सुरेन्द्र बैठा, नेजाम मन्सुरी, जहुर आलम, राजेन्द्र महरा, लालबाबु कुशवाहा र रतनेश महतो कोइरी छन्। रौतहट–४ मा अन्जु चौधरी, प्रेम त्रिपाठी, मुक्तिनारायण चौधरी, उमेश दाहाल, लक्ष्मिनिया चौधरी, सुजिता गौतम, समीरबाबु कार्की, सोम तिमल्सिना, बिन्दालाल साह, हरिहर मुखिया बिन, जितेन्द्र बिन र कुसुम खातुन छन् । बाराका चार निर्वाचन क्षेत्रमा पनि १० मत पनि नल्याउनेको सूची रहेको छ।
बारा–१ मा रोशन उप्रेती छन्। बारा–२ मा दिनेश यादव, मुरलीमनोहर साह, जनअधिकार पार्टीका अमरेश पाण्डे, जालन्दर महतो, मुकेश कुशवाहा, अनिता, नगिना देवी, प्रयाग चौधरी, छोटेलाल साह र जालमहमद अन्सारी छन्।
बारा–३ मा चन्द्र प्रकाश सुवेदी, लालमुकेश ठाकुर, सुनिल पासवान, उमरावती देवी साह र सुरेश शर्मा सुवेदी छन्। बारा–४ मा बैधनाथ साह, दीपक सिंह चौधरी, नसिमा खातुन, शम्भु यादव, उषा बुढाथोकी (प्रसाई), भेखनारायण साह तेली, विमला खतिवडा, मुकेश रौनियार, सन्दीप यादव, मोहन चौलागाई, पूर्ण पन्थ र मंगेश्वर पटेल छन् ।
त्यस्तै पर्साका चार निर्वाचन क्षेत्रमा पनि आकांक्षीहरू छन् । पर्सा–१ मा पुकार थापा, म. साजिद अली, नरेश यादव, शिव कोइरी, अनिल यादव, अभिनाष चौरसिया, आर्यशशिकला राउत, दीप बर्मा, विशाल पाण्डेय, प्रेम मेहता र सरोज यादव छन् ।
पर्सा–२ मा किशोरी यादव, मनोज साह कानु, नेमकिपाका मुकेश कुशवाहा, कृष्णा गिरी, महेश महतो धानुक, किसमती देवी, साहेव राम, रामनरेश चौरसिया र रोसन अहिर छन्। पर्सा–३ मा शहिद अन्सारी, राम बरै, वृज किशोर चौरसिया, जैनोदीन मिया हवारी र शिवशंकर रौनियार छन्। पर्सा–४ मा पारस राउत बरै, उमा देवी, कोरैसा खातुन, लुकमान मिया, समसुल्हक मियाँ धुनिया, सबिर अहमद र कान्ति देवी कुर्मी छन् ।
बागमती प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १० मत पनि नल्याउनेको नाम सार्वजनिक भएको छ । दोलखामा रमिला सार्की, पुस्कर अधिकारी, महेन्द्र खड्का, भरत श्रेष्ठ, रामकाजी लामा, रिम ओली, लुक दोर्जे शेर्पा र सुमन थापा रहेका छन् भने रसुवामा दावा मिङमार तामाङ छन्। धादिङ–१ मा दीपक तामाङ, धर्मराज नेपाल, धुर्व पाण्डे, अर्जुन अर्याल र कृष्ण अधिकारी छन् भने धादिङ–२ मा कृष्ण कोइराला, उज्ज्वल श्रेष्ठ र शिवनिधि खनाल छन्। नुवाकोट–१ मा मितेरी पार्टीका विवेक सिलवाल रहेका छन्।
काठमाडौँका निर्वाचन क्षेत्रहरूमा पनि विभिन्न आकांक्षी देखिएका छन्। काठमाडौँ–१ मा शम्भु पोखरेल, समावेशी समाजवादी पार्टीका सुरेन्द्र पाण्डे, राज बजगाईँ, मितेरी पार्टीका राज लिम्बु, जनादेश पार्टीका कमल सुवेदी, किरण शाह, रमेश जोशी, राजु भुजेल, शान्ति श्रेष्ठ, संगीत बम र नेपाल जनसेवा पार्टीका अर्जुन शाही छन्।
काठमाडौँ–२ मा राष्ट्रिय मुक्ति पार्टीकी नर्वदा भट्टराई, विश्वास बस्नेत, वीरेन्द्र साह, रूरुपक सिंखडा, तीर्थराज पौडेल, मञ्जु लामा, अर्जुन ढुंगाना, रूपक बस्ताकोटी, त्रिमूल नेपालका कृष्ण खत्री, टप थापा, सीता तिवारी र इरा श्रेष्ठ छन्। काठमाडौँ–३ मा रामकृष्ण पुजारी, नेशनल रिपब्लिक नेपालका प्रेम छिरी शेर्पा, आजपाका रूपसागर देवी, प्रदीप काफ्ले र मितेरी पार्टीका जित तामाङ छन्।
काठमाडौँ–४ मा मितेरी पार्टीका प्रेम राई, देवराज पौडेल, मदनदेव आचार्य, मनोज अधिकारी, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका मुस्कान पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका चेत आले, केदार कार्की र आशिष श्रेष्ठ छन्। काठमाडौँ–५ मा मंगोल नेशनल अर्गनाइजेसनकी मिरा गुरुङ, त्रिमूल नेपालका रमेश तामाङ, ढक कार्की, रमिता सापकोटा र प्रभा श्रेष्ठ छन्। काठमाडौँ–६ मा आजपाका सफलता बोगटी, सरोज थपलिया, प्रजातान्त्रिक पार्टीका उद्धव मिश्र, बल केसी, राष्ट्रिय मुक्ति पार्टीकी इन्दिरा थापा, संगम अर्याल र राम घिमिरे छन्। काठमाडौँ–७ मा जसपा नेपालका बाबुराम लामा, राष्ट्रिय जनमोर्चाका दीर्घ श्रेष्ठ, जय मातृभूमि पार्टीका बैकुण्ठ फुयाल, राष्ट्रिय मुक्ति पार्टीका दिपीन पन्त, अन्जला बज्राचार्य, प्रकाश कुँवर, सुजिता श्रेष्ठ, अमन श्रेष्ठ, पुष्प बानियाँ, सविता गमाल र सुमन पुतुवार छन्।
काठमाडौँ–८ मा जसपा नेपालका सरोजराज वैद्य, सुशीला नेपाली, संयुक्त नागरिक पार्टीका रेशम सुनार, नेपाल संघीय समाजवादी पार्टीका विजय डंगोल, राष्ट्रिय मुक्ति पार्टीका मुक्तीनाथ शर्मा, विकास खड्गी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का राजेन्द्र शाह, तुलसा श्रेष्ठ महर्जन र मुना न्यौपाने (पाण्डे) छन्। काठमाडौँ–९ मा जसपा नेपालका रणवीर क्षेत्री सिंह, मंगोल नेशनल अर्गनाइजेशनका धर्मराज गुरुङ, राष्ट्रिय मुक्ति पार्टीका मदन डंगोल, युद्ध कार्की, हरि घिमिरे, मितेरी पार्टीका मदन पोखरेल, पुनमाया महर्जन र मधुसूदन शर्मा छन्। काठमाडौँ–१० मा अनुज प्रधान, जसपा नेपालका भागरित साह, कृष्ण नेपाली, खाकी श्रेष्ठ, सुलोचना परियार र मीन बुढाथोकी छन्।
भक्तपुर–१ मा सुदीप न्यौपाने, विष्णुराम दुमरु, पुण्यराम सुवाल र मितेरी पार्टीकी सावित्री न्यौपाने छन् भने भक्तपुर–२ मा मनोज लामा, सविन महत, सुर्वण थापा, त्रिमूल नेपालका राकेश श्रेष्ठ, नेकपा (संयुक्त)का लोककृष्ण दाहाल, ओमकृष्ण कुटु, रेणु श्रेष्ठ, नवीन महत, लक्ष्मी बास्तोला पौडेल, अनिता भट्टराई, प्रदीप रूपाखेती, मधुप्रकाश साहुखल र श्यामकृष्ण धुख्वा छन्। ललितपुर–१ मा विशाल तामाङ, शर्मिला बुढाथोकी, डालनाथ तिमल्सिना, आजपाका किरण महर्जन, भरत दुलाल, तिलक भोलन, राम खड्का र देवेन्द्र सिंह छन्। ललितपुर–२ मा राष्ट्रिय मुक्ति पार्टीका डोलेन्द्रराज भट्टराई, कृष्ण खड्का, रवीन्द्र अमात्य र रविराज पौडेल छन् भने ललितपुर–३ मा राधेश्याम खड्का र विमर्श मिश्र छन्।
काभ्रे–१ मा युवराज चौलागाई छन् भने काभ्रे–२ मा लेनिन विष्ट र केशवराज तिमल्सिना छन्। सिन्धुपाल्चोक–२ मा मितेरी पार्टीका महेश कुँवर छन्। मकवानपुर–१ मा राजाराम बोगटी, अमर दंगाल, सुशीला सुवेदी, राकेश शर्मा र राज खड्का छन् भने मकवानपुर–२ मा कृष्णराम श्रेष्ठ र रमेश आचार्य छन्। चितवन–१ मा सौरव कडेल, चितवन–२ मा रवि कुमाल, प्रविन सापकोटा र प्रतापसिंह तामाङ छन् भने चितवन–३ मा नेमकिपाका बद्री लक्ष्मी कवां, जसपा नेपालका थमनसिंह सुनार, पार्वती पौडेल, रोल गुरुङ र कृष्ण अधिकारी छन्।
मनाङमा मंगोल नेशनल अर्गनाइजेशनका राम घले छन्। कास्की–२ मा निर्दोषविक्रम पौडेल र नेमकिपाकी विनिता अवाल छन् भने कास्की–३ मा नेमकिपाकी मिना न्हिसुतु छन्। स्याङजा–२ मा सागर थापा मगर छन्। नवलपुर पूर्व–१ मा अविनास सुनार छन् भने नवलपुर पूर्व–२ मा सुशीला देवकोटा र भीमा भुसाल छन्। मुस्ताङमा आजपाका अजय विक र मंगोल नेशनल अर्गनाइजेशनका यम गुरुङ छन् भने म्याग्दीमा मंगोल नेशनल अर्गनाइजेशनका भीम लामा छन्। पर्वतमा मीना पौडेल (शर्मा), सीतादेवी शर्मा, नेमकिपाकी ऐलिना सुवाल, आजपाकी पवित्रा मल्ल, गंगालाल रिमाल र सावित्री शर्मा छन्।
लुम्बिनी प्रदेशतर्फ गुल्मी–१ मा प्रेमलाल भण्डारी, लक्ष्मण भण्डारी, मेघ गाहा, यम श्रेष्ठ, कृष्ण सुनार, सूर्य सोनी सुनार, प्रेम श्रेष्ठ र विमल ज्ञवाली छन् भने गुल्मी–२ मा लोक पुन, मालता घिमिरे, श्री खुबिराम आचार्य, महेश्वर घिमिरे, राम पोखरेल, सरस्वती लम्साल, नरेन्द्र रिजाल, फर्सुराम कडेल, भूमिराज सापकोटा र सुरेन्द्र पाण्डेय छन्। पाल्पा–१ मा युद्ध विरकट्टा छन् भने अर्घाखाँचीमा पम्फा श्रेष्ठ छन्। रूपन्देही–१ मा नेमकिपाका हिमलाल पाण्डे, शंकर खत्री, सचिन विक, मकसुद अली, महेश्वर भण्डारी, सागर अधिकारी, टेक विक र गीता सापकोटा छन्। रूपन्देही–२ मा सन्दीप पौडेलसहित १६ जना आकांक्षी छन् भने रूपन्देही–३ मा करम हुसेन खान, ठाकुर अधिकारी, तेजिन्द्र मल्ल, धन बस्नेत, विष्णु राना, दिपक दजी, गान्धीवादी पार्टीका लाल राना र जुमराती धुनिया मुसलमान छन्।
रूपन्देही–४ मा शशिकला पाण्डेय छन् भने रूपन्देही–५ मा वसन्ती चमार, लक्ष्मण नेपाल, विक्रम यादव र धीरेन्द्र चौधरी छन्। कपिलवस्तु–१ मा बुद्धिनाथ पोखरेल, सूर्य बराल, अब्दुल रहमान, रामनारायण थारू र माधव खनाल छन् भने कपिलवस्तु–२ मा राकेश कुर्मी, तारा अधिकारी, कृष्णचन्द्र पासी, महेश कुर्मी र इब्राहिम पठान छन्।
कपिलवस्तु–३ मा कृष्ण उपाध्यायसहित १० जना आकांक्षी छन्। दाङ–२ मा मितेरी पार्टीका रेख पुन मगरसहित ७ जना छन् भने दाङ–३ मा आजपाकी पाण्डवी नेपालीसहित ५ जना छन्। बाँके–३ मा पदम घर्ती मगर र चेत वली छन्।
नवलपरासी पश्चिम–१ मा गंगादेवी थारू महतो र शैलेन्द्र सिंह सदासंकर छन् भने नवलपरासी पश्चिम–२ मा लाल कुँवर, दामोदर बर्मा सुनार, विष्णु पौडेल र हद्दीस अली मियाँ छन्।
कर्णाली प्रदेशतर्फ डोल्पामा मितेरी पार्टीकी जुनु भण्डारी, कालिकोटमा मान तिरुवा, जाजरकोटमा मंगोल नेशनल अर्गनाइजेशनका कमान बुढा मगर र सुर्खेत–२ मा नेपाल जनसेवा पार्टीका हृदयन्द्र अधिकारी तथा उदीराम चुनारा रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा कैलाली–२ मा मितेरी पार्टीकी सम्झना विष्ट थापा, कैलाली–५ मा मितेरी पार्टीकी राधिका कार्की र कञ्चनपुर–३ मा मितेरी पार्टीका किरन थापा आकांक्षीका रूपमा देखिएका छन्।







